Section 64
अस्वीकृतिद्वारा अनादर
(१) स्वीकृतिको लागि प्रस्तुत गरिएको विनिमेयपत्र स्वीकृत गर्नुपर्ने ड्रयीले स्वीकार नगरेमा वा साझेदारीमा नरहेका धेरै ड्रयीमध्ये कुनै एक ड्रयीले स्वीकार नगरेमा विनिमेयपत्र अस्वीकृत गरी अनादर गरेको मानिनेछ । (२) कुनै शर्तमा मात्र स्वीकार गर्न मञ्जुर गरेमा ड्रयी करार गर्न अयोग्य भएमा विनिमेयपत्र अनादर गरेको मानिनेछ ।